काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएपछि उनले कारागारभित्रैबाट आफ्ना सहकर्मी तथा मिडिया संयोजक प्रमोद न्यौपाने मार्फत पार्टीका कार्यकर्ता, शुभचिन्तक र आम जनतालाइ चारवटा सन्देश पठाएकाे उनका संयाेजक प्रमाेद न्याैपानेले बताएका छन् । न्यौपानेका अनुसार लामिछानेले सम्मानित उच्च अदालतले दिएको आदेशलाई सम्मान गर्ने, उक्त आदेशको विरुद्धमा आज वा भोलिमै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी रहेको बताएका छन् । त्यस्तै उनले न्यायको मन्दिरबाट आफुँ निर्दोष हुनेमा ढुक्क रहेको र एकदिन न्याय पाउने विश्वास रहेको भन्दै, आफुँ नआत्तिएको, निराशा नभएको बताएका छन् ।
त्यस्तै, तेस्रो सन्देशमा उनले आफुँमाथि अहिले प्रतिशोध साँधिएको र यस्तै दिन अरुको पनि आउने र आफुँ अहिले पहिलो परिक्षार्थीको भएको यो दिन भोलि अरुको पनि आउने जानकारी दिएको न्यौपानेले फेसबुक लाइभ मार्फत जानकारी दिएका छन् । चौथौं सन्देशमा उनले पार्टी र कार्यकर्तालाई पार्टीलाई एक ढिक्का बनाइ राख्ने र संरचना निर्माण र पार्टीको धारणालाई बढीभन्दा बढी पु¥याउन लाग्न पार्टी सदस्याको संख्या घटाउने भन्दा पनि बढाउनेगरी निरन्तर लाग्न उनले जोड दिएका छन् ।

















प्रतिक्रिया दिनुहोस्