Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

कांग्रेस र एमाले एक हुनु राष्ट्रिय एकतातर्फको सबैभन्दा मुख्य स्टेप हो : प्रधानमन्त्री ओली

कांग्रेस र एमाले एक हुनु राष्ट्रिय एकतातर्फको सबैभन्दा मुख्य स्टेप हो : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था संक्रमणकालीन र जटिल बन्न थालेपछि मुख्य प्रतिस्पर्धामा उत्रनुपर्ने दुई ठूला दल राष्ट्रिय एकताका लागि एक भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले दुई मुख्य राजनीतिक दल एक हुनु राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो र महत्त्वपूर्ण बाटो भएको उल्लेख गर्दै देशको समस्या समाधान गर्न एक भएको बताए ।

फरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसजस्ता मूल प्रतिस्पर्धीहरू एकै ठाउँमा मिलेर राष्ट्रका समस्या समाधान गर्न तयार छन् । अहिलेको अवस्थालाई संक्रमणकालीन लाग्यो, जटिलता थपिन लाग्यो भनेर यी जटिलतालाई समाधान गर्नका लागि एक ठाउँमा मिलेर संयुक्त प्रयास दिन लागेका छन् । राष्ट्रिय एकताको बाटो होइन यो?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
उनले कांग्रेस र एमाले बाहेक अन्य दल मुख्य प्रतिस्पर्धामा नरहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अरु पार्टीहरू प्रतिस्पर्धामा होइन नि त । प्रतिस्पर्धामा कांग्रेस र एमाले छन् नि । कांग्रेस र एमाले एक हुनु भनेको राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो र मुख्य स्टेप हो ।’

यस्तै, उनले वर्तमान सरकार रस्साकस्सीकाबीच नचलेको बताए । राजावादीतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरीपन हुने धारणा राखे । उनले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको बताए । यस्तै राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाकाबीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउन भरमग्दुर प्रयास गरिरहेको भनाइ उनको छ ।

राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने “पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन। मलाई साथ देऊ भनिराखेका छन् । संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो।”

यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ थियो।

यस्तै उनले आन्दोलनरत शिक्षकको जायज मागलाई सरकारले सुन्ने धारणा राखे । उनले भने, “जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ। जायज माग लिएर आउँदा हामी सुन्छौँ। सडकमा कसैले दुःख पाइरहनु पर्दैन। शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन। हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबारे त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए। उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमीकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे।

“हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र सांस्कृतिक रुपमा विविधतायुक्त छ। विविधताका बीचमा एकता आवश्यक छ। बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,” प्रधानमन्त्री ओलीले भने, “विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ।”

उनले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए। भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए। “अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन। कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन। हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ। हामी शान्तिका पक्षमा छौँ”, उनले भने।

हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्ने फरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit