Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, प्रदूषणमा कमी आउने अपेक्षा

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, प्रदूषणमा कमी आउने अपेक्षा
विज्ञापन
Advertisement

काठमाडाैं । आज मंगलबार देशको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा थोरै स्थानमा तथा देशका अन्य भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने जनाइएको छ।

आज राति देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। साथै, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले गर्दा मौसममा बदली देखिएको हो। यसले केही समयका लागि वायुप्रदूषणमा राहत मिल्ने अनुमान गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit