काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलव्ध गराउन अर्थमन्त्रालयले माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु आगामी २०८२ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराउन माग गरेको हो ।
मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा यस्तो सुझाव दिन आग्रह गरेको हो । बजेटका लागि आवश्यक सुझाव पठाउनका लागि मन्त्रालयको वेभसाइट र इमेल मार्फत उपलब्ध गराउन सकिने छ ।















प्रतिक्रिया दिनुहोस्