Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नाइट क्लबको छत भत्किँदा करिब एक सयको मृत्यु

नाइट क्लबको छत भत्किँदा करिब एक सयको मृत्यु
विज्ञापन
Advertisement

एजेन्सी । डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको छ । यस्तै, ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा ठूलो संख्यामा कन्सर्ट हेर्न गएकाको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा पेरेजका प्रबन्धकसमेत रहेको जनाइएको छ ।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए ।

स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजारको संखयामा दर्शक उपस्थित थिए । पेरेजकी छोरी जुलिन्का भने भाग्न सफल भएकी छन् ।

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गगरेका छन् । उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज समेत रहेका छन् ।

बुधबार बिहानसम्म मृतकको प्रारम्भिक सङ्ख्या ९८ पुगेको आपत्कालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले जानकारी दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit