Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकाबाट बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

अमेरिकाबाट बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश
विज्ञापन
Advertisement

काठमाडौं ।  चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न लगाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनप्रति लगाएको उच्च ट्यारिफपछि विश्वका दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच कर युद्ध चलिराखेको छ । अमेरिकाले चीनबाट आयात गर्ने सामग्रीमा १४५ प्रतिशत कर लगाएको छ ।

बेइजिङले पनि वासिङ्टनसँग नझुक्ने प्रतिक्रिया दिँदै अमेरिकी आयातमा १२५ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ ।

चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको डेलिभरी रोक्न एयरलाइन्सलाई आदेश दिएको ब्लुमबर्ग न्युजले मङ्गलबार रिपोर्ट गरेको छ ।

दुई शक्ति राष्ट्र बीचमा कर युद्धको वातावरण बनेसँगै बेइजिङले अमेरिकी कम्पनीहरूबाट विमानसम्बन्धी उपकरण र पुर्जाहरू खरिद गर्न निलम्बन गर्न भनेको वित्तीय समाचार आउटलेटले रिपोर्ट गरेको छ ।

एएफपीले उक्त टिप्पणीका लागि बोइङ र चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको जनाएको छ । अमेरिकी आयातमा बेइजिङको प्रतिशोधात्मक भन्सार शुल्कले सम्भवतः विमान र घटकहरू ल्याउने लागतमा उल्लेखनीय वृद्धि गर्नेछ ।

ब्लुमबर्गले चिनियाँ सरकारले बोइङ जेट भाडामा लिने र उच्च लागतको सामना गर्ने क्यारियरहरूलाई सहयोग गर्ने जनाएको छ ।

ट्रम्पको भन्सार शुल्कको आक्रमणले विश्व बजारहरूलाई हल्लाउनुका साथै मित्रराष्ट्र र विरोधीहरूसँगको कूटनीतिलाई समेत उलटपुलट पारेको छ । यस्तै, अमेरिकी अधिकारीहरूले शुक्रबार स्मार्टफोन, सेमीकन्डक्टर र कम्प्युटर जस्ता उच्च–टेक सामानहरूका लागि चीन र अन्य विरुद्धको नयाँ भन्सार शुल्कमा छुटको घोषणा गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit