
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। ३.१५ र डिजेलमा २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
लिटर पेट्रोलमा ३ र डिजेलरमट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार पेट्रोल पहिलो वर्गमा १५७.५, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ
प्रतिक्रिया दिनुहोस्