काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले लोकप्रिय स्कुटर सिरिज टीभीएस एनटर्क १२५ रेस एक्सपी को नयाँ ‘ब्लेज ब्लु’ रंग नेपाली बजारमा सार्वजनिक गरेको छ।
बुधानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बिहीबार आयोजित विशेष कार्यक्रममा कम्पनीले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। नयाँ ब्लेज ब्लु रंगमार्फत टीभीएसले एनटर्क १२५ रेस एक्सपीको स्पोर्टी पहिचानलाई अझ सशक्त बनाएको जनाएको छ।
१२५ सीसी सेग्मेन्टका ग्राहकलाई लक्षित गरी ल्याइएको यस स्कुटरमा आकर्षक ब्लेज ब्लु रंग, रेसिङ प्रेरित ग्राफिक्स, शार्प डिजाइन तथा स्पोर्टी लुक समावेश गरिएको छ। कम्पनीका अनुसार स्कुटरले स्टाइल, उच्च प्रदर्शन र दैनिक प्रयोगको सहजतालाई सन्तुलित रूपमा प्रस्तुत गर्छ।
टीभीएस एनटर्क १२५ रेस एक्सपी टीभीएस रेसिङको पर्फर्मेन्स डीएनएमा आधारित स्कुटर हो। नयाँ ब्लेज ब्लु संस्करणले यसको स्पोर्टी चरित्रलाई थप निखार्दै युवा पुस्ता तथा पर्फर्मेन्स रुचाउने राइडरलाई विशेष रूपमा आकर्षित गर्ने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार स्कुटरले परीक्षणका क्रममा प्रतिलिटर करिब ५० किलोमिटर माइलेज दिने क्षमता देखाएको छ। साथै, यसमा लाइफटाइम वारेन्टी सुविधा समेत उपलब्ध गराइएको छ, जसले ग्राहकलाई थप भरोसा र दीर्घकालीन स्वामित्व अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियार ले टीभीएस एनटर्कले सुरुदेखि नै पर्फर्मेन्स, आधुनिक प्रविधि र बोल्ड डिजाइन रुचाउने युवा राइडरबीच विशेष स्थान बनाउन सफल भएको बताए। उनले नयाँ ब्लेज ब्लु भेरियन्टले एनटर्कको लोकप्रियतालाई थप विस्तार गर्नुका साथै ऊर्जाशील जीवनशैली भएका ग्राहकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।
जगदम्बा मोटर्सले देशभर रहेका आधिकारिक टीभीएस शोरुममार्फत टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु बिक्रीका लागि उपलब्ध गराइसकेको जनाएको छ। नयाँ रंगको आगमनसँगै एनटर्क सिरिजले नेपाली बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्