Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बैंकिङ प्रणालीबाट तीन साताका लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट तीन साताका लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । बजारमा तरलता धेरै भएपछि आज फेरि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप झिक्न लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि बुधबार उक्त रकम झिक्न लागेको सूचनामार्फत जनाएको छ ।

निक्षेप संकलन औजारमार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।

कम्तीमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्म भाग गरी निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit