Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईएमई लाइफ इन्स्योरेन्सले ‘सरल सावधिक जीवन बीमा योजना’का लागि सुशिला रोकालाई सद्भावनादुत घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले ‘सरल सावधिक जीवन बीमा योजना’का लागि सुशिला रोकालाई सद्भावनादुत घोषणा
विज्ञापन
Advertisement

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लोकप्रिय योजना ‘सरल सावधिक जीवन बीमा योजना’का लागि सुशिला रोकालाई प्रडक्ट एम्बासडर (सद्भावनादुत) को रूपमा घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको मासिक योजना अन्तर्गत देशभरका अभिकर्तामध्ये उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने सुशिला रोका सरल सावधिक जीवन बीमा योजनाको सद्भावनादुत बन्न सफल भएकी हुन्। कम्पनीका अनुसार, यो घोषणा एक विशेष कार्यक्रममा गरिएको हो जहाँ उनको ब्यानर तथा प्रचार सामग्रीको औपचारिक अनावरण पनि गरिएको थियो।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)पवनकुमार खड्काले अभिकर्ताहरुलाई बीमा सेवासम्बन्धी ज्ञान, दक्षता र व्यक्तित्व विकासमा सशक्त बनाउँदै, बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा प्रदान गर्ने लक्ष्यमा कम्पनी निरन्तर अघि बढिरहेको बताए। कम्पनीले यस्तो कार्यक्रमले अभिकर्ताहरुबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, र उनीहरूलाई थप प्रेरणा तथा प्रतिबद्धतासाथ काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit