Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकलाई ५०० क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकलाई ५०० क्यासब्याक
विज्ञापन
Advertisement

काठमाडौं । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकलाई क्यास ब्याक गर्ने योजना सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत ग्राहकहरुले पाँच सय रुपैयाँ सम्म फिर्ता पाउने छन् ।

सार्वजनिक योजनाअनुसार बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ग्राहकले ५०० रुपैयाँ फिर्ता पाउन सक्नेछन् । यस्तै, ग्राहकले ‘ज्योति ५००’  प्रोमो कोड प्रयोग मार्फत पनि क्यासब्याक प्राप्त हुनेछ।

यो योजना आजदेखि सिमित अवधिका लागि लागू हुने बैंकले जनाएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit