Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन्स बैंकको १८ वर्षे सेवा यात्रामा डिजिटल युगको नयाँ फड्को

सिटिजन्स बैंकको १८ वर्षे सेवा यात्रामा डिजिटल युगको नयाँ फड्को
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव आज भव्य रूपमा विविध कार्यक्रममार्फत सम्पन्न गरेको छ। १८ वर्षको यात्रामा बैंकले १८ लाख ७९ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ, जसले बैंकको जनविश्वास र सेवा विस्तारको सशक्त उपस्थितिलाई स्पष्ट पार्दछ।

विज्ञापन
Advertisement
Advertisement

देशका सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय संचालन गर्दै आएको बैंकले हालसम्म २०० वटा शाखाहरू मार्फत वित्तीय सेवा दिँदै आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ करिब १ खर्ब ७३ अर्ब परिचालन गरिएको छ, जसले बैंकको वित्तीय स्थायित्व र बजारमा यसको व्यापक पहुँचलाई प्रतिबिम्बित गर्छ।

वार्षिकोत्सवको अवसरमा बैंकले आज बिहानै सातवटै प्रदेशमा करिब ९२१ जना कर्मचारीहरूको सहभागितामा प्रभातफेरी आयोजना गरेको थियो। यस कार्यक्रमबाट स्थानीय जनसमुदायमा वित्तीय साक्षरताप्रति चेतना फैलिने र बैंकप्रतिको भरोसा अझै बलियो हुने विश्वास बैंकले व्यक्त गरेको छ।

यसै अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ूरक्तदान नै जीवनदानू भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा भव्य रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ। रगतको आवश्यकता र खाँचोलाई ध्यानमा राखी गरिएको यस कार्यले समाजप्रतिको उत्तरदायित्व वहनमा बैंकको सक्रिय सहभागिता देखाउँछ।

डिजिटल बैंकिङमा पनि सिटिजन्स बैंकले महत्वपूर्ण नवप्रवर्तनहरू सुरु गरेको छ। ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ुट्याप एन्ड पेु सेवा सुरु गरिएको छ, जसअन्तर्गत ग्राहकहरूले अफलाइनमा नै पाँच हजार रुपैयाँसम्मको भुक्तानी सहज रूपमा गर्न सक्नेछन्। यसका साथै, नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्यूआर सेवा संचालनमा ल्याएर अन्य बैंकका ग्राहकहरूलाई पनि सिटिजन्स बैंकको शाखाबाट क्यूआर स्क्यानमार्फत तुरुन्तै नगद प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ। यस प्रविधिबाट भुक्तानी प्रक्रिया झन् द्रुत, सुरक्षित र सरल बन्ने अपेक्षा गरिएको छ।

यस्तै, बैंकले हालै ूसिटिजन्स फ्रिल्यान्सर सेभिङ्स खाताू सार्वजनिक गरेको छ, जुन विशेषतः स्वतन्त्र पेशेवर ९फ्रिल्यान्स० हरूको आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो। यस खातामा नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि खाता खोल्न सकिने सुविधा उपलब्ध छ, र दुवै खातामा प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गरिन्छ। थप रूपमा, पहिलो वर्षका लागि स्वास्थ्य उपचार बीमा, दुर्घटना बीमा, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता जस्ता सेवा सुविधाहरू पनि समावेश गरिएको छ।

१८औं वार्षिकोत्सवको अवसरमा बैंकले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि नवप्रवर्तन, समावेशी सेवा विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफ्नो अग्रसरतालाई निरन्तरता दिँदै, ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit