Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

फोटोन टुनल्यान्ड G7: कठिन भूभाग पार गर्ने विश्वकै पहिलो पिकअप अब नेपालमा

फोटोन टुनल्यान्ड G7: कठिन भूभाग पार गर्ने विश्वकै पहिलो पिकअप अब नेपालमा
विज्ञापन
Advertisement

काठमाडौं । विश्वकै पहिलोपटक २३ दिनभित्र आठवटा अग्ला र कठिन अफ-रोड भूभागहरू पार गरेर इतिहास रच्न सफल फोटोन टुनल्यान्ड G7 अब नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। पुलचोकस्थित ‘द प्लाजा’मा सम्पन्न भव्य कार्यक्रममार्फत फोटोनको यस अत्याधुनिक पिकअप गाडीको नेपाली यात्राको औपचारिक सुरुवात गरिएको हो। नेपाल प्रवेश गर्नुअघि टुनल्यान्ड G7 ले १५,००० किलोमिटर लामो कठिन परीक्षण यात्रासमेत पूरा गरिसकेको थियो, जसले यसको शक्ति र सहनशीलतालाई प्रमाणित गर्‍यो।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले फोटोनसँगको सहकार्यलाई दूरदर्शी निर्णयको रूपमा व्याख्या गर्दै नेपालका भौगोलिक र व्यावसायिक चुनौतीबीच पनि फोटोन सवारीसाधनप्रति नेपाली ग्राहकको भरोसा बढ्दै गएको उल्लेख गरे। उनका अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा १,५०० भन्दा बढी फोटोन सवारीसाधन बिक्री भइसकेका छन्, जसमा ५०० पिकअपहरू रहेका छन्। G7 को मर्मत लागत बजारका अन्य विकल्पहरूको तुलनामा झन्डै २० प्रतिशत कम रहेको र आफ्टर सेल्स सर्भिसमा कुनै सम्झौता नगरिएको उनले बताए। कार्यक्रमपछि पहिल्यै बुकिङ गरिसकेका ग्राहकहरूलाई गाडीको साँचो हस्तान्तरणसमेत गरियो।

फोटोन टुनल्यान्ड G7 नेपाली भूगोलका लागि विशेष रूपमा अनुकूलित गरिएको शक्तिशाली र आधुनिक पिकअप गाडी हो। २.० लिटरको डिजेल इञ्जिनबाट १६० एचपी पावर र ३९० एनएम टर्क उत्पादन गर्ने यो गाडी २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ उबड–खाबड बाटो, तीव्र उकालो र अफ-रोड ट्रेलहरू आत्मविश्वासका साथ पार गर्न सक्षम छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओरालोलाई थप सुरक्षित बनाउँछ भने पुश स्टार्ट बटन, इलेक्ट्रोनिक डिफरेन्सियल लक जस्ता सुविधाले यसको प्रयोग सजिलो बनाउँछन्।

यसको भित्री भाग पनि उस्तै परिष्कृत छ। १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, १२ तरिकाले समायोजन गर्न सकिने इलेक्ट्रिक सिटहरू, तातो–चिसो प्रणाली, अटोमेटिक एयर कन्डिसनिङ र प्यानोरामिक सनरूफले यात्रुलाई पूर्णतः आरामदायी अनुभव प्रदान गर्छ। G7 ले केवल कार्यक्षमता मात्र होइन, यात्रा अनुभवमा समेत उत्कृष्टता प्रदान गर्छ।

नेपालमा टुनल्यान्ड G7 तीन फरक भेरियन्टमा उपलब्ध छ — एलिट, लक्जरी र फ्ल्यागशिप — जसको मूल्यक्रमशः ५१.९९ लाख, ६५.४० लाख र ६९.९९ लाख रुपैयाँ तोकिएको छ। साथै, 4×2 र 4×4 का दुई फरक विकल्पहरूमा उपलब्ध यस गाडीमा बलियो डिजेल इञ्जिन, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर–भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी लगायतका आधुनिक सुरक्षा र सुविधा फिचरहरू समावेश गरिएका छन्।

फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले विश्वस्तरको प्रविधि र इनोभेसन नेपाली सडकमा ल्याउँदै आफ्टर सेल्स सर्भिस, ग्राहक सन्तुष्टि र व्यवसायिक मूल्यलाई सधैं प्राथमिकता दिँदै आएको छ। टुनल्यान्ड G7 को सार्वजनिक उद्घोषणसँगै नेपाली बजारमा नयाँ ऊर्जा र उत्साह थपिएको छ। नेपाली भूगोल, मौसम र भावनालाई ध्यानमा राखेर डिजाइन गरिएको यो गाडी केवल पिकअप मात्र होइन, यात्रामा साथ दिने एक भरपर्दो सहयात्री पनि हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit