Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च २८ प्रतिशत मात्र

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च २८ प्रतिशत मात्र
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आवमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएको मध्ये चैत मसान्तसम्मको अवधिमा कूल २७ दशमलव ९६ प्रतिशतअर्थात् ७६ करोड ६० लाख रुपैयाँ रकम मात्रै खर्च गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए । ‘चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ । सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।’ उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनु पर्नेमा जोड दिए ।

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् छ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा एक खर्ब ६१ करोड राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने एक खर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit