Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उपप्रधानमन्त्री सिंह र भारतका विद्युत्मन्त्रीबीचको भेटमा कुन कुन विषयमा भयो छलफल ?

उपप्रधानमन्त्री सिंह र भारतका विद्युत्मन्त्रीबीचको भेटमा कुन कुन  विषयमा भयो छलफल ?
विज्ञापन
Advertisement
काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन्।
मन्त्री खट्टरले आज उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयमा भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिकसम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो । भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।
नेपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबीच औपचारिक सहकार्य अघि बढ्ने जनाइएको छ ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit