Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

तुलसीपुरमा जग्गा नापनक्साङ्कनको काम पुनः सुरु, दुई महिनाभित्र लालपूर्जा वितरण हुने

तुलसीपुरमा जग्गा नापनक्साङ्कनको काम पुनः सुरु, दुई महिनाभित्र लालपूर्जा वितरण हुने
विज्ञापन
Advertisement

देउखुरी (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९. ८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्साङ्कन सम्पन्न भएको बताए । उनका अनुसार वडा नं ६ मा करिब ७५ प्रतिशत नाप नक्साङ्कनको काम सकिएको छ ।

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँचकार्य अगाडि बढाइएको बताए । अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नापनक्साङ्कनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने जानकारी दिए ।

जिल्लाको शान्तिनगर, बबई, राप्ती र राजपुर गाँउपालिकामा जङ्गल क्षेत्रभित्र भूमिहीन दलित, सुकुम्बासीले वर्षौदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको उनले बताए ।

उपमहानगरपालिका प्रमुख टीकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जानकारी दिए । भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit