Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
विज्ञापन
Advertisement

काठमाडौं । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो ।
भारी वर्षाको कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा इलाममा मात्र ३४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit