Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी ‘आधारहीन’ : बेइजिङ

अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी ‘आधारहीन’ : बेइजिङ
विज्ञापन
Advertisement
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएका भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको भनिएको व्यापार वार्ताको दाबी ‘आधारहीन’ भएको प्रतिक्रिया दिएको छ।
विश्वका दुई प्रमुख अर्थतन्त भएका अमेरिका र चीनबिच पछिल्लो समय कर युद्ध उच्च विन्दुमा पुगेको छ । चिनियाँ सामानहरूमा ट्रम्पले लगाएको एक सय ४५ प्रतिशत नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धले दुबै देशको व्यापार सम्बन्ध निकै चिसिएको छ ।
बेइजिङले पनि अमेरिकाबाट आयात हुने वस्तुमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ । यी दुई देशबीचको व्यापार युद्धका कारण विश्वव्यापी मन्दीको डर बढाएको छ । बेइजिङले वार्ताहरू दैनिक रूपमा सञ्चालन भइरहेको ट्रम्पको दाबीलाई अस्वीकार गर्दै कुनै पनि प्रकारको व्यापार तथा आर्थिक वार्ता दुई देशका बीचमा नभएको प्रस्ट पारेको छ ।
“विदेशी आर्थिक र व्यापार सम्बन्धका लागि सक्षम विभागका रूपमा म यो कुरामा जोड दिन चाहन्छु कि हाल चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै आर्थिक र व्यापार वार्ता चलिरहेको छैन”, चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले पत्रकार सम्मेलनमा भने, “चीन–अमेरिका आर्थिक र व्यापार वार्ताको प्रगतिको बारेमा कुनै पनि दाबी आधारहीन छ र यसको कुनै तथ्यात्मक आधार छैन, चीनले संयुक्त राज्य अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, वार्ताका लागि आवश्यक इमानदारी देखाउन र समान संवाद र परामर्शको सही मार्गमा फर्कन आग्रह गर्दछ ।”
वासिङ्टनले बेइजिङसँग कुरा गरिरहेको छ कि भनेर सोध्दा ‘सबै कुरा सक्रिय छ’ भन्दै ट्रम्पले बुधबार पत्रकारहरूलाई आफ्नो देशले ‘चीनसँग निष्पक्ष सम्झौता’ गर्ने बताएका थिए । व्यापारमा चीनसँग अमेरिकाको प्रत्यक्ष सम्पर्क छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले बुधबार भने “हरेक दिन ।”
तर, बेइजिङले ट्रम्पले उक्त भनाईमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएको छ ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit