Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

कश्मीर घटनामा संलग्नलाई ‘पृथ्वीको कुनाकुना’ मा खोजेर कल्पना गरेभन्दा ठूलो सजाय दिइनेछ :  प्रधानमन्त्री मोदी

कश्मीर घटनामा संलग्नलाई ‘पृथ्वीको कुनाकुना’ मा खोजेर कल्पना गरेभन्दा ठूलो सजाय दिइनेछ :  प्रधानमन्त्री मोदी
विज्ञापन
Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरमा भएको आतंकवादी आक्रमणका जिम्मेवार कसैलाई नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार जम्मु कश्मीरको पहलगाममा २६ जना भारतीय र एक नेपालीको ज्यान जाने गरी भएको उक्त आतंकवादी हमलापछि प्रधानमन्त्री मोदीले पहिलोपटक आज पृथ्वीको जुनै कुनमा पुगे पनि नछोड्ने बताए ।

पहलगाम आक्रमणबारे एक सार्वजनिक कार्यक्रममा उनले क्रोधित हुँदै भने, “आक्रमण गर्ने आतंककारीहरूलाई कल्पना गरेभन्दा ठूलो सजाय दिइनेछ ।”

मधुबनीमा आयोजित कार्यक्रममा भाषण सुरु गर्नुअघि प्रधानमन्त्री मोदीले दुई मिनेट मौन धारण गरेर आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । “आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ । हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छाड्ने छैनौँ । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन ।”

“आतंकवाद विनासजाय छाडिने छैन ।  सम्पूर्ण राष्ट्र यस संकल्पमा एकताबद्ध छ । मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति हाम्रो साथमा छ । हामीसँगै उभिएका विभिन्न देश र उनीहरूका जनतालाई म धन्यवाद दिन्छु,” मोदीले भने ।

उनले अगाडि भने, “आतंककारीहरूले निर्दोष नागरिकहरूलाई जुन क्रूरताका साथ मारेका छन्, त्यसबाट सम्पूर्ण राष्ट्र दुःखी छ । यस आतंककारी आक्रमणमा कसैले आफ्नो छोरा गुमाएका छन्, कसैले आफ्ना भाइ गुमाएका छन् र कसैले आफ्नो जीवनसाथी गुमाएका छन् । सम्पूर्ण राष्ट्र पीडितहरूको साथमा उभिएको छ ।”

“यो आक्रमण केवल निहत्था पर्यटकमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने आँट गरेका छन् ।” मोदीले भनेका छन् ।

उनले हमलामा परेकाहरुका लागि न्याय जुनसुकै हालतमा सुनिश्चत गर्ने भन्दै थपे, “अब आतंककारीहरूको बाँकी रहेको जमिनलाई ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयहरूको इच्छाशक्तिले अब आतंककारीका मालिकहरूको ढाड भाँचिदिनेछ ।”

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले जम्मु कश्मीर मुद्दालाई उठाउँदै आएका छन् । विद्रोही समूहहरूले उक्त क्षेत्रको पूर्ण स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् । एजेन्सि

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit