Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

रूपसे झरनामा पर्यटकीय पूर्वाधार
विज्ञापन
Advertisement

म्याग्दी । पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूपसे झरनामा पूर्वाधार निर्माण थालिएको छ । चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रूपसे झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको पदमार्ग, झ¥याङ र खाजाघरलगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । ‘सङ्घीय सरकारले तीन करोड ६४ लाख विशेष अनुदान उपलब्ध गराएको रूपसे झरना पर्यटन पूर्वाधार योजना कार्यान्वयनका लागि छनौट भएका निर्माण कम्पनीले काम थालेको छ,’ उनले ‘झरना परिसरमा व्यवस्थित पूर्वाधार बनाएर पर्यटकलाई सुरक्षित रूपमा अवलोकन गर्ने ब्यवस्था मिलाउने उद्देश्य रहेको छ ।’

विसं २०८१ जेठ ३० गते सुन्दर निर्माण सेवाले रु तीन करोड २३ लाख ५५ हजार ३६९ मा ठेक्का सम्झौता गरेको योजना विसं २०८२ पुुुुस २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म कररब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

सडक छेउमा रहेको झरनाको फेदीमा कटान रोकथामका लागि पक्कि र पहिरो नियन्त्रण गर्न ग्यावीयन पर्खाल निर्माण भइरहेको छ । सो ठाउँको जग्गा सम्माएपछि प्रवेशद्धार, खाजाघर र टिकट काउन्टर बनाउने योजना रहेको वडा अध्यक्ष पुर्जाले बताए । फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पदमार्ग बनाउन भिरमा फलामको रड राखेर ‘रक एङ्करिङ’ गरिएको छ ।

करिब ३०० मिटर अग्लो झरनामा तीन वटा तह छन् । छङ्छङ् गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । झरनाको माथिल्लो तहदेखि बाजाढुङ्गा जोड्ने पदमार्ग, उद्यान, गोलघर र दृष्य अवलोकन स्थल बनाउन लागिएको छ ।

हिर्काउदा बाजाको आवाज सुनिने बाजाढुङ्गा परिसरदेखि रूपसे झरना, अन्धगल्छी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रूपसे झरनाको नजिकै छ ।

विस २०७७ साउनमा रूपसे खोलामा आएको बाढीले त्यहाँ निर्माणाधिन पुल, होटल, पदमार्ग, लगायतका पूर्वाधार, पार्किङ गरेर राखिएका सवारीसाधन बगाउनुका साथै झरना र अन्धगल्छीलाई कुरूप बनाएको थियो ।

बाढीले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माण र नयाँ पूर्वाधार थप गर्न लागिएको हो । झरना अवलोकन, तस्विर खिच्ने र भिडियो बनाउने क्रममा पर्यटक चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या पूर्वाधार बनाएपछि हट्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रूपसे झरनामा घण्टौँ समय बिताउँछन् । रूपसे झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्वीर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit