Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने जोड दिनुपर्छःमहासंघका अध्यक्ष ढकाल

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने जोड दिनुपर्छःमहासंघका अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रबाट फाइदा लिन निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताएका छन् । नेपाल कृषि तथा मेशिनरी व्यवसायी सघंको नवौँ वार्षिक साधारणसभाको अवसरमा मन्तव्य राख्दै अध्यक्ष ढकालले कृषिमा पर्याप्त सम्भावना भए पनि नेपालले त्यसबाट फाइदा लिन नसकेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि कृषिको यान्त्रिकरण, आधुनिकिकरण र व्यवसायिकरणको गर्नु पर्ने बताए । ‘नेपालको भौगोलक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक साधन र श्रोत हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । यसलाई व्यवसायिक बनाउन सकियो भने लाखौ मानिसलाई कृषि मै रोजगारी सिर्जना गर्न सकिन्छ र देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन सकिन्छ,’ उनले भने ।

उनले देशलाई कृषि प्रदान भन्ने तर कृषि क्षेत्रलाई सधैं उपेक्षा गरिएको बताउँदै आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन र कार्यान्वयन योग्य बजेट निर्माणका लागि सरकारसंग आग्रह गरे । महासंघले कृषि उद्यम केन्द्रका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले महासंघ ७७ जिल्लामा रहेका आफ्ना १२४ जिल्ला नगर उद्योग वाणिज्य संघहरुसंग समन्वय गरि सरकारसंग मिलेर काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भएपनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै अनुदानलाई व्यवस्थित गर्नुपर्ने बताए । कृषिको विकाकसा लागि राज्यले प्रविधिको प्रयोग मार्फत कृषि वस्तु उत्पादन र बजारीकरणमा राज्यको लगानी प्रर्वर्द्धन गर्न जरुरी रहेको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि किसानको लागि समयै मल बिउ, प्रविधि उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

साधारण सभाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

उनले सरकार उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै अघि बढेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit