Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

प्रभु महालक्ष्मीद्वारा अभिकर्तालाई तीन दिने ‘डिलाइटफूल सौराह’ कार्यक्रम

प्रभु महालक्ष्मीद्वारा अभिकर्तालाई तीन दिने ‘डिलाइटफूल सौराह’ कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको तीन दिने डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चितवनको सौराहमा यही बैशाख १८, देखि २० गते सम्म भएको विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीमा आवद्ध ३ सय भन्दा धेरै अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको सुरुवात प्रभु महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्बोधन गरी भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा प्रसिद्ध कलाकार तथा कम्पनीका ब्रान्ड एम्बेसडर मनोज गजुरेलले कार्यक्रममा हास्य–व्यंग्य प्रस्तुती दिएका थिए । यस्तै, लोकप्रीय गायक सुगम पोखरेलको टिमद्वारा लाइभ सांगीतिक प्रस्तुतीमार्फत मनोरञ्जन दिएको कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मीले अभिकर्ताहरुलाई निरन्तर विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी गराउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit