Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टीबीसी र बेलायतको विश्वविद्यालयबीच ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम

टीबीसी र बेलायतको विश्वविद्यालयबीच ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रो पटक ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको साझेदार विश्वविद्यालय लिड्स बेकेट (एलबीयू) सँगको सहकार्यमा विद्यार्थी साटासाट कार्यक्रम सञ्चालन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अप्रिल १९ देखि एक सातासम्म काठमाडौंमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा अध्ययनरत १६ जना विद्यार्थीहरु सहभागी थिए । यस पटकको स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमको विषय ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ रहेको थियो । जस अन्तर्गत विद्यार्थीहरुले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वन विनाशजस्ता समस्या समाधानका लागि नवीनतम प्रोटोटाइपहरु विकास गरेका छन् ।

यस ‘क्रस–कल्चरल टिमवर्क’ मा आधारित कार्यक्रममा टीबीसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरुलाई मिलाएर टिमहरुको निर्माण गरिएको थियो । जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली, स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइटगार्ड प्रणाली र वन विनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरुले निर्माण गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको नेतृत्व एलबीयूकी डा. पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरे । द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे सम्भावना माथि अनुसन्धान गरेको आयोजकको भनाइ छ ।

कार्यक्रमबारे डा. जादेहले भनिन् ‘फरक–फरक संस्कृतिका विद्यार्थीहरू एकसाथ बसेर महत्वपूर्ण प्रविधिको विकास गरेको देख्दा हामी निकै प्रभावित भयौं । यो कार्यक्रमले शिक्षा र नवप्रवर्तनमा सीमाना हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेको छ ।’

यस्तै , कलेजका निर्देशक महेन्द्रराज कँडेलले कार्यक्रम फलदायी भएको बताए । उनले भने, ‘यस कार्यक्रममा विद्यार्थी र फ्याकल्टीबीच ऊर्जा र विचारहरूको आदानप्रदान प्रेरणादायक रह्यो । यो कार्यक्रम केवल सिकाइको मात्र नभई भविष्य निर्माणको एक साझा अभियान बनेको मेरो विश्वास छ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit