Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

‘ह्वाइट गोल्ड– गेम चेन्जर’ बुढीगण्डकी आयोजनालाई सरकारले बजेट दिएर निर्माण सुरु गर्नुपर्छ : सांसद पाण्डे

‘ह्वाइट गोल्ड– गेम चेन्जर’ बुढीगण्डकी आयोजनालाई सरकारले बजेट दिएर निर्माण सुरु गर्नुपर्छ : सांसद पाण्डे
विज्ञापन
Advertisement

काठमाडौं । सांसद राजेन्द्र पाण्डेले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गर्न सकिने गरी बजेटमा रकमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रममाथि भएको छलफमा भाग लिएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद पाण्डेले नयाँ आर्थिक वर्ष २०८२/०८३ बाटै बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्य थाल्ने गरी नयाँ बजेट ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।

सांसद पाण्डेले भने, ‘राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य यसै आर्थिक वर्षबाट सुरु हुने गरी रकमको व्यवस्था बजेटमार्फत गर्नका लागि सरकारलाई हार्दिक आग्रह गर्दछु ।’

आयोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारी दुई दशक पहिले नै सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको, ५८ हजार १५३ रोपनी जग्गा अधिग्रहण गरी डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको ५३ अर्ब रुपैयाँ मुआब्जा वितरण भैसकेको उक्त अयोजनालाई अब सरकारले बजेटमार्फत अघि बढाउनुपर्नेमा सासद पाण्डेले जोड दिए । उनले ५८ सालबाटै आयोजना निर्माण गर्न सरकारले तदारुकता देखाएको भए २ खर्ब ६० अर्ब लागतमा बनाउने भनिएको योजनाको हाल लागत बढेर ३ खर्ब ९८ अर्ब बढी लाग्ने पुर्नमूल्याङ्कन भएको तथ्य उल्लेख गर्दै अब सरकारले निर्माणमा ढिलाई गर्न नहुने बताए ।

उनले आयोजना निर्माणका लागि जम्मा गरिएको १ खर्ब २१ अर्ब रुपैयाँबाटै सरकारले बाँकी कार्यलाई अगाडि बढाउनुपर्ने सुझाव दिँदै भने, ‘ हरेक वर्ष ३५/४० अर्ब रुपैयाँ छुट्याउने काम गरियो भने यो आयोजना सहजै निर्माण हुन सक्छ । यसको लागि रकमको अभाव हुँदैन, यसमा जनता पनि लगानी गर्न तयार छन् ।’

आयोजना सम्पन्न भए सरकारलाई वार्षिक ३६ अर्ब रुपैयाँ विद्युत बिक्री गरेरै आम्दानी हुने स्मरण गराएका सांसद पाण्डेले आयोजनास्थल वरपर पर्यटन र सेवा उद्योग फस्टाउनाको साथै ठूलो संखयामा नागरिकले रोजगारी पाउने बताए । उनले भने, ‘यो आयोजना बनाउदा ३०० किलोमिटर रिङरोड बनाउने भनिएको छ, त्यो निर्माण सम्पन्न हुँदा त्यहाँ होटल रेस्टुरेनट, पर्यटनको लागि महत्वपूर्ण स्थल बन्न सक्छ । पर्यटकको ओइरो लाग्न सक्छ, सेव उद्योगहरु फस्टाउँछन् । मत्यपालन र जल यातायातबाट आम्दानी गर्न सकिन्छ ।’

उनले नेपालको जलविद्युत उत्पादन विशेषगरी ‘रन अफ रिभर’ को आधारमा चलेको हुनाले बर्खामा विजुली खेर जाने र हिउँदमा पानी कम हुँदा दुई तिहाइ भन्दा बढीले विजुली उत्पादन कम हुने गरेको उल्लेख गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना नेपालको इज्जतलाई माथि उठाउन सक्ने ‘गेम चेन्जर’ आयोजना भएको बताए ।

सांसद पाण्डेले भने, ‘बुढीगण्डकी मात्र होइन यस्ता अरु दुई चार वटा अयोजनाहरु बनाउनुपर्ने आवश्यकता छ । यो गेम चेन्जर प्रोजेक्ट हो, सिङ्गै नेपालको इज्जतलाई माथि उठाउन सक्ने १२ सय मेगावाटको ह्वाइट गोल्ड भन्छन् यसलाई, अत्यन्त संकटको बेला प्रयोग गर्न सकिने विद्युत उत्पादन गर्ने अयोजना हो ।’ उनले भने, लाखौं जनतालाई रोजगारी दिन सक्ने हाम्रो अर्थतन्त्रलाई माथि उठाउन सक्ने यो आयोजना निर्माणको मामिलामा सरकारले विशेष ध्यान दिनुपर्छ, म आग्रह गर्दछु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit