Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बजेट निर्माणमा परामर्श गर्न दाहाल निवास पुगे अर्थमन्त्री पौडेल

बजेट निर्माणमा परामर्श गर्न दाहाल निवास पुगे अर्थमन्त्री पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार अध्यक्ष दाहाललाई भेट्न अर्थमन्त्री पौडेल दाहाल निवास खुमलटार पुगेका हुन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका अध्क्षसँग छलफल गरेका छन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ । सरकारले यही बैशाख १९ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम घोषणा गरिसकेको छ । उक्त नीति कार्यक्रममाथि संघीय संसदमा छलफल भैरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit