Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

के हो मोनोआर्थराइटिस ? मौसमले यसलाई असर गर्छ ?

के हो मोनोआर्थराइटिस ? मौसमले यसलाई असर गर्छ ?
विज्ञापन
Advertisement

काठमाडौं । सामान्यतया बाथ भन्नाले शरीरका हाड–जोर्नी दुख्ने, सुन्निने र कडा हुने रोग भन्ने बुझिन्छ । बाथका धेरै प्रकार हुन्छन् । तर, मुख्यगरी यसलाई मोनोआर्थराइटिस र पोलिआर्थराइटिसमा विभाजन गर्न सकिन्छ। शरीरको एकमात्र जोर्नीमा दुखाइ र सुन्निने समस्या छ भने त्यसलाई मोनोआर्थराइटिस भनिन्छ भने ५ भन्दा बढी जोर्नीमा हुने समस्यालाई पोलिआर्थराइटिस भनिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

मोनोआर्थराइटिस के हो ?

बाथ शरीरको भित्रैबाट हुने अर्थात् ‘अटो इम्युन डिजिज’ हो र संक्रामक रोग होइन। तर, टीबी, ब्रुसेलोसिस, चिकनगुनिया तथा कोभिडजस्ता संक्रामक रोगका केही प्रतिशत बिरामीमा मोनोआर्थराइटिसका लक्षण पाइन्छ । जोर्नी तातो हुने र सुन्निने कुनै पनि व्यक्तिलाई हुन सक्छ । यसलाई विभिन्न रुपमा वर्गिकरण गरिएको हुन्छ। जस्तै, इन्फ्लामेटरी आर्थराइटिस, अर्थात् शरीरको कुनै पनि जोर्नी सुन्निएपछि बाथ उत्पत्ति हुन्छ। यसअन्तर्गत ¥युमटोइड आर्थराइटिस (शरीरको प्रतिरक्षा प्रणालीले जोर्नीलाई आक्रमण गर्ने), लुपस (शरीरको प्रतिरक्षा प्रणालीले शरीरलाई नै आक्रमण गर्ने दीर्घकालीन समस्या) तथा सोरियाटिक आर्थराइटिस (छालाबाट सुरु भएर एउटा जोर्नीलाई असर गर्ने) पर्छन् ।

त्यसका साथै, अधिकांशमा क्रिस्टल डिपोजिट आर्थराइटिस अर्थात् युरिक एसिड बढेर हुने बाथ (गाउटी आर्थराइटिस) हुन्छ । युरिक एसिड जोर्नीभित्र क्रिस्टलको रुपमा जम्दा जोर्नी सुन्निने, रातो तथा तातो हुने हुन्छ । सिउडोगाउट अर्थात् क्याल्सियम क्रिस्टलका कारण हुने बाथ पनि एउटा प्रकारमा पर्छ । चोटपटक लाग्दा हड्डी दुख्ने र सुन्निने (पोस्ट ट्रमाटिक) पनि मोनोआर्थराइटिसअन्तर्गत पर्छ । टेन्डिनाइटिस (मांसपेसी र हड्डीलाई जोड्ने भाग सुन्निनु) पनि बाथ नै हो । यसका साथै मेटाबोलिक डिस्अर्डरका कारणले हुने समस्या, जस्तै मिर्गौला फेलियर, कलेजो, मुटुको भल्भमा हुने बाथका कारणले पनि एउटा जोर्नीमा हुने बाथ (मोनोआर्थराइटिस) निम्त्याउने गर्छ ।
हाइपरटेन्सन तथा मधुमेहजस्ता मेटाबोलिक डिस्अर्डरमा पनि मोनोआर्थराइटिसको लक्षण देखिन्छ ।

कस्ता लक्षण देखिन्छन् ?

बाथ भनेको दुखाइको रोग हो । त्यसैले प्रमुख लक्षण भनेकै हिँड्दा या काम गर्दा जोर्नी दुख्ने, बिहान उठ्दा कडा हुने तथा चलाउन गाह्रो हुने, सुन्निने र रातो हुने नै हो । अन्य खालको बाथ दुखाइबाट सुरु हुन्छ र बिस्तारै बढ्दै जान्छ। तर, मोनोआर्थराइटिसमा सुन्निने र दुख्नेसँगै ज्वरो पनि आउँछ र केही घण्टामै बढ्न सक्छ। ज्वरो पनि १ सय ४ डिग्रीसम्म आउन सक्छ। जोर्नी सुन्निने समस्याका कारण हिँड्न र बस्नसमेत गाह्रो हुन्छ । बाथ जुनसुकै उमेरका लाई पनि हुन सक्छ। तर, वयस्क र किशोरकिशोरीहरु जोर्नी दुख्ने समस्या लिएर अस्पताल आएका हुन्छन् भने रगतको संक्रमणका कारण हो कि भनेर ध्यान दिनुपर्ने हुन्छ। ल्युकेमिया अर्थात् रगतको क्यान्सरका कारण मोनोआर्थराइटिस भएको हो कि भनेर समयमै पहिचान गर्नुपर्ने हुन्छ। गाउटी आर्थराइटिस भएकाहरुलाई विशेषगरि खुट्टाको बुढीऔंला दुख्ने र सुन्निने हुन्छ भने घुँडा पनि दुख्छ। यसमा दुखाइका साथसाथै पानी या पिप जम्ने (साइनोबियल इफ्युज) पनि हुन्छ ।

किन हुन्छ मोनोआर्थराइटिस ?

यो शरीरभित्रैबाट उत्पन्न हुने अर्थात् अटो इम्युन रोग हो । अटो एन्टीबडी शरीरभित्रै उत्पन्न भएर बाथका लक्षण देखिन्छ। कहिलेकाही वंशाणुगतका कारणले पनि देखिन्छ। यस्तै, यो सरुवा रोग नभए पनि अन्य रोगका कारणले पनि बाथ भइरहेको हुन्छ । बिरामी एउटा जोर्नी दुखेर अस्पताल आउँदा सर्वप्रथम उमेर समूह हेर्छौं । ज्येष्ठ नागरिकहरुलाई हड्डी खिइने, सुन्निने समस्या हुन्छ भने ओस्टियोआर्थराइटिस भनिन्छ । यस्ता बाथ महिलालाई बढी हुन्छ। छालाको समस्या भएकाहरुमा पनि केही प्रतिशत मोनोआर्थराइटिस भएकाहरु आउँछन् ।

कसरी पत्ता लगाउने ?
मोनोआर्थराइटिस भएको छ कि छैन भनेर दुखाइको लक्षण, प्रकार र बिरामीको उमेरका आधारमा पत्ता लगाउन सकिन्छ । ज्वरो आउने, छाला रोगको समस्या देखिने, कपाल झर्ने, मांसपेशी कमजोर हुनेजस्ता लक्षण देखिन्छन्। यसका आधारमा चिकित्सकले गरेको क्लिनिकल परीक्षण तथा बाथसम्बन्धी विभिन्न प्रकारको रगत जाँच, एक्स–रे गरिन्छ। आवश्यक परेमा अन्य थप परीक्षण गरी बाथ रोग पत्ता लगाउन सकिन्छ।

मौसमले बाथलाई असर गर्छ ?

मौसमकै कारणले बाथ हुँदैन । तर, मौसमले बाथको लक्षणलाई बढाइदिन्छ। जाडोमा चिसो हावाका कारण रगतको प्रवाह कम हुनेृ, छाला तन्कने र खुम्चने प्रक्रिया पनि कम हुने भएकाले जाडोका बेला बाथको लक्षण बढ्ने हुन्छ।

जोगिन के गर्ने ?
बाथको वास्तविक कारणबारे अझै थाहा हुन सकेको छैन। पछिल्लो समय समाजमा उच्च प्रोटिनयुक्त खाना खाने, तर शारीरिक अभ्यास नगर्ने जीवनशैलीका कारण बाथको समस्या बढ्दै गएको छ। त्यसैले यसबाट जोगिने मुख्य उपाय भनेकै स्वस्थ जीवनशैली, सन्तुलित खानपान तथा नियमित शारीरिक अभ्यास नै हो ।

( लेखक डा. अरुणकुमार गुप्ता नर्भिक अस्पतालका बाथरोग तथा प्रतिरक्षा प्रणाली विशेषज्ञ हुन् ।)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit