Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कालीमाटीमा आजका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण, कति छ ?

कालीमाटीमा आजका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण, कति छ ?
विज्ञापन
Advertisement

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार तरकारी र फलफूलमा केही उतारचढाव देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

गोलभेँडाको मूल्य प्रकारअनुसार फरक रहेको छ। नेपाली ठूला गोलभेँडा प्रतिकिलो ५५ रुपैयाँ, भारतीय ठूला ६५ रुपैयाँ, साना लोकल गोलभेँडा ४७ रुपैयाँ, टनेलमा उत्पादन भएका ६२ रुपैयाँ र साना भारतीय गोलभेँडा ५० रुपैयाँमा बिक्री भइरहेको छ। आलुमा पनि विभिन्न किसिमअनुसार मूल्य निर्धारण गरिएको छ। नेपाली रातो आलु प्रतिकिलो ३८ रुपैयाँ, भारतीय ३५ रुपैयाँ र मुडे आलु ३९ रुपैयाँमा उपलब्ध छ। भारतीय प्याज सुकेको ४० रुपैयाँमा तोकिएको छ भने गाजर लोकल ३५ रुपैयाँ र तराई गाजर २५ रुपैयाँमा पाइनेछ।

बन्दा लोकलको मूल्य १५ रुपैयाँ छ भने स्थानीय काउली ३५ रुपैयाँमा तोकिएको छ। रातो मूला ४० रुपैयाँमा र सेतो मूला (लोकल तथा हाइब्रिड दुवै) २० रुपैयाँमा उपलब्ध छन्। भन्टाको मूल्य लाम्चो १८ रुपैयाँ र डल्लो ३० रुपैयाँ तोकिएको छ। तनेबोडी ५५ रुपैयाँमा, मटरकोसा १५०, घिउ सिमी लोकल ३५ र हाइब्रिड ३० रुपैयाँमा उपलब्ध छन्। राजमा १२० रुपैयाँ, भटमास कोसा १३०, तीतो करेला ५०, लौका ३५, परबर (तराई) ६५, चिचिण्डो ३०, घिरौला २५, झिगुनी ६०, फर्सी पाकेको ४५ र हरियो फर्सी (लाम्चो र डल्लो) क्रमशः ३० र २५ रुपैयाँमा तोकिएको छ। भिण्डीको मूल्य ३० रुपैयाँ निर्धारण गरिएको छ।

सखरखण्ड ७५, पिँडालु १२०, रायोसाग ३०, पालुङ्गो ३५, चमसुर ७०, तोरी साग ३०, मेथी साग १००, हरियो प्याज ५०, कन्य च्याउ १६०, डल्ले च्याउ २६०, कुरिलो ३५०, निगुरो ३०, ब्रोकाउली ५०, चुकुन्दर ६५, सजीवन ११०, रातो बन्दा ७०, जिरी साग ८०, ग्याठकोभी ५०, सेलरी १३०, पार्सले ५००, सौफको साग १००, पुदिना ११०, गान्टेमूला ४०, इमली १७०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५० र फुजी ३०० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्। केरा दर्जनको १५०, कागती २००, अनार ३५०, आँप (माल्द) ६५, दशहरी आँप ८०, अङ्गुर (हरियो) २५० र कालो अङ्गुर ३५० रुपैयाँमा बिक्री हुनेछन्। तरबुजा (हरियो) ४०, मौसम २००, जुनार २५०, भुइँकटहर एक गोटाको १८०, काँक्रो (लोकल) ६५ र हाइब्रिड २०, रुखकटहर ६५, नास्पाती (चाइनिज) २५०, नेपाली मेवा ८०, भारतीय मेवा १००, लोकल लिची १३० र भारतीय लिची २१० रुपैयाँमा उपलब्ध छन्।

अन्य वस्तुहरूमा अदुवा १२०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी (साधारण र बुलेट) ५५, माछे खुर्सानी ४०, अकबरे ३००, भेडेखुर्सानी ८०, हरियो लसुन ८०, हरियो धनियाँ ४०, चाइनिज लसुन २८०, नेपाली लसुन १९०, सुकेको छ्यापी २००, हरियो छ्यापी १२० रुपैयाँमा तोकिएको छ।

माछा वर्गमा ताजा रहु, बचुवा माछा ३२० र छडी माछा २४० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्। राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँमा तोकिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit