एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसिया मिलेर विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै जिनपिङले हाल विश्व परिदृश्यमा भैरहेको एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए ।
सीले चीन–रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने उल्लेख गरे ।
द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा रुस पुगेका उनले ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन–रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताउनुभयो। साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने बताइएको छ ।
चीन जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसियासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्ने राष्ट्रपति जिनपिङले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धले चीन अमेरिका सम्बन्धमा बढ्दो तनावकाबीच चीनका राष्ट्रपतिको रुस भ्रमणलाई विश्लेषकरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्