images images images
images images images
images
images
images

प्रदेशगत बेरुजु : मधेश प्रदेश आर्थिक अनुशासनहीनताको पहिलो नम्बरमा, बागमतीमा सबैभन्दा कम

images

काठमाडौं । यो वर्ष मधेश प्रदेशमा आर्थिक अनुशासनहीनता सबैभन्दा धेरै रहेको पाइएको छ । महालेखा परीक्षक कार्यालयले आज सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण अङ्कका तुलनामा सबभन्दा बढी बरुजु मधेश प्रदेशको १.७३ प्रतिशत र सबैभन्दा कम बेरुजु बागमती प्रदेशको ०.८४ प्रतिशत रहेको छ।

यस्तै, बेरुजु रकम बढी हुनेको दोस्रो नम्बरमा कोशी प्रदेश १. ४९प्रतिशत, तेस्रोमा सुदूरपश्चिम प्रदेश १.२५ प्रतिशत र लुम्बिनी प्रदेश १. १३ प्रतिशत अंकका साथ चौथो नम्बरमा रहेको छ । यसैगरी कम बेरुजु हुने प्रदेशको दोस्रो सूचीमा गण्डकी ०.९९ प्रतिशत, तेस्रोमा कर्णाली ०.९५ अंकका साथ रहेको छ ।

images
images

अद्यावधिक बेरुजुतर्फ प्रदेश सरकार मातहत सरकारी कार्यालय, अन्य संस्था र समितितर्फको गत वर्षसम्मको बाँकी बेरुजु ३१ अर्ब ५० करोड ९५ लाख २० हजार रुपैयाँ रहेकोमा सम्परीक्षणबाट २ अर्ब ४६ करोड १८ लाख ५० हजार रहेकोमा ६ करोड ८२ लाख ८४ हजार थप भई २९ अर्ब ११ करोड ५९ लाख ५४ हजार बाँकी रहेको छ।

यो वर्ष ५ अर्ब २ करोड १९ लाख ९७ हजार थप भई अद्यावधिक बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख ५१ हजार कायम भएको छ। सो रकममा ९ अर्ब ९५ करोड ४१ लाख २९ हजार पेस्की रहेको छ।

स्रोत : महालेखा प्रतिवेदन

 

images
images

प्रतिक्रिया दिनुहोस्