Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

३० दिने म्याद राखेर विद्युत् प्राधिकरणले खुलायो खरिद–बिक्री सम्झौता

३० दिने म्याद राखेर विद्युत् प्राधिकरणले खुलायो खरिद–बिक्री सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद–बिक्री सम्झौता (पीपीए) का लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणले बुधबार एक सूचनामार्फत पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, पर्फरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई पीपीएका लागि आह्वान गरेको हो ।

‘प्राधिकरणको सञ्चालक समितिको गत वर्षको चैत्र १२ को ९९४ औं बैठकबाट नेपाल सरकारको मन्त्रिपरिषदबाट गत पुस १६ गते स्वीकृत ऊर्जा विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ भित्र नेपालको कुल जडित २८ हजार ५ सय लक्ष्य प्राप्तिका लागि गत चैत्र १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट बढी क्षमताका विभिन्न जलविद्युत आयोजनाका ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार खरिद बिक्री सम्झौता पीपीए अगाडि बढाउने निर्णय भएको छ’ सूचनामा भनिएको छ।

प्राधिकरणले सूचना जारी भएको (बुधबार) मितिबाट ३० दिनको समय राखेर निवेदन माग गरेको छ । यदि तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ।

यस्तो छ, प्राधिकरणको सूचना : 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit