Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेप्सेसँगै कारोबार रकम पनि घट्दै

नेप्सेसँगै कारोबार रकम पनि घट्दै
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक घटेको छ । यो दिन १३.९६ अंकले घटेर २ हजार ६२०.२७ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन ११ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुँदै आएको बजारमा यो दिन८ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिन मंगलबार ९ अर्ब माथिको कारोबार भएको थियो । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घट्न थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसले लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा देखिएका छन् । यो दिन १ करोड ८२ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी,युनिर्भसल पावर कम्पनी, ग्रेस्ट माइक्रो फाइनान्स, न्यादी ग्रुप पावरको ४८ करोड रुपैयाँदेखि ५९ करोड रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।

ओम मन्जु श्री मार्फास्युटिकल्स,पिपुल्स पावर,उपकार लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, लुम्बिनी विकास बैंकको शेयर मूल्य ४.१५ प्रतिशतदेखि ९.९८ प्रतिशतले बढेको छ । यो दिन घटेको बजारमा १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६२ कम्पनीको शेयर मूल्य बढेको छ । घटेको बजारमा गुराँश लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनीको शेउर मूल्य ६.१२ प्रतिशत देखि ९. ९८ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit