Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष रायसरले गरे शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष रायसरले गरे शिष्टाचार भेट
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले शिष्टाचार भेट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री निवास, बालुुलाटारमा शुक्रबार भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौंमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्न बैंकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको सुनाए ।

उनले उत्पादन र उत्पादकत्व वृद्धिका लागि थालेका काम सक्ने नीति अनुुरुप आगामी बजेटबाट समयमै परियोजनाहरु सम्पन्न गर्ने गरी प्रबन्ध गरिने बताए ।
भेटमा उपाध्यक्ष रायसरले बैंकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्धामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गरेका छन् ।

विश्व बैंकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागीता रहेको थियो ।

यही जेठ २ गतेदेखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौंमा आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन रायस नेपाल आएका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit