Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लिपुलेक विवाद डिप्लोमेटिक ‘टेबल टक’ बाटै समाधान गरिन्छ, बेलायतसँग संवाद हुँदैछः प्रधानमन्त्री

लिपुलेक विवाद डिप्लोमेटिक ‘टेबल टक’ बाटै समाधान गरिन्छ, बेलायतसँग संवाद हुँदैछः प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकको विवाद छिमेकी मुलुकहरूसँगको वार्ता र कूटनीतिक संवाद (टेबल टक) मार्फत समाधान गरिने स्पष्ट पारेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आज नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको यस विषयमा सरकार पूर्ण रूपमा गम्भीर रहेको उनले बताए । बैठकमा नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सांसद पद्मा अर्यालले नेपाली भूमि हुँदै भारत र चीनले व्यापारिक मार्ग निर्माण गरिरहेको विषय उठाउँदै सरकारको ठोस पहल र धारणा माग गरेकी थिइन् ।

सांसद अर्यालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘यससम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा कूटनीतिक नोट (डिप्लोमेटिक नोट) भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आइसकेको छ। उक्त जवाफमा दुवै सरकारले आफ्नो इतिहास र सर्वेयरहरू राखेर, भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरूबीच टेबल टक मार्फत यो कुरा समाधान गर्ने सहमति भएको छ।’

प्रधानमन्त्री शाहले यस सीमा विवादको समाधानका लागि भारत र चीनसँग मात्र नभई बेलायत (इङ्ल्यान्ड) सरकारसँग पनि संवाद अगाडि बढाइएको जानकारी दिए । ब्रिटिस इन्डियाले उपमहाद्वीप छोड्दाको समयका ऐतिहासिक दस्तावेज र तथ्यहरूका कारण यस विषयमा बेलायतको पनि सरोकार रहनुपर्ने नेपालको मान्यता रहेको उनको भनाइ थियो। ‘यससम्बन्धी भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो सबै कुराहरू टेबलटक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्रीले नेपालको भूमि प्रयोग गरेर भइरहेका गतिविधिप्रति सरकार सजग रहेको र कूटनीतिक च्यानल प्रयोग गरेर नै यसको स्थायी समाधान खोजिनेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit