Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

स्टार्टअपका लागि इटहरीबाट छानिए १२ टोली

स्टार्टअपका लागि इटहरीबाट छानिए १२ टोली
विज्ञापन
Advertisement

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा ‘डिजिटल एन्ड आईटी–इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस अन्तर्गतको अभिमुखीकरण सत्र सम्पन्न गरेको छ। औद्योगिक उद्यम विकास संस्थानको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले मोफसलमा स्टार्टअप संस्कृतिलाई बलियो बनाउने लक्ष्य राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

उकत कार्यक्रममार्फत ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई इन्क्युबेसन सहयोग प्रदान गर्ने बताइएको छ । मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने हाइब्रिड मोडलको यस पहलअन्तर्गत सहभागी स्टार्टअपहरूले विशेषज्ञसँगको वान–टु–वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट तथा भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस तयारी सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

हाल इटहरी र आसपासका क्षेत्रबाट डिजिटल, खाजा घर, कृषि कम्पास, लोकल बजार, मन्थन, मेडिक्याब टेक्नोलोजिज प्रा.लि, मेरो सफारी मेरो गुनासो, माइन्ड ब्रिज, सफारी यात्री, सजिलो, उत्सव इभेन्ट्स र भोल्टभी गरी १२ स्टार्टअप टोलीहरू छानिएका छन् ।कार्यक्रममा विभिन्न प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सक्रिय विज्ञहरूले आफ्ना अनुभव साझा गरेको संस्थाले जनाएको छ । आयोजकका अनुसार, यस कार्यक्रमले काठमाडौं उपत्यकाभन्दा बाहिर उद्यमशीलता प्रवर्द्धन गर्दै क्षेत्रीय नवप्रवर्तन इकोसिस्टमलाई सुदृढ बनाउने छ ।

इन्क्युबेसन पहलले उद्यमीहरूलाई उद्योग–विशेषज्ञसँग प्रत्यक्ष संवाद, व्यवहारिक तालिम तथा नेटवर्किङ अवसर उपलब्ध गराउँदै उनीहरूको व्यवसायिक मोडेल परिष्कृत गर्न सहयोग पुर्‍याउने संस्थाको विश्वास छ । कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सिड इन्भेस्टमेन्ट सपोर्टका साथै आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स तथा एआई कन्फरेन्सजस्ता राष्ट्रिय प्लेटफर्महरूमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit