Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एक साताभित्र गभर्नर नियुक्ति हुन्छ : मन्त्री गुरुङ

एक साताभित्र गभर्नर नियुक्ति हुन्छ : मन्त्री गुरुङ
विज्ञापन
Advertisement

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार लमजुङ पुगेका मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने प्रस्ट पारे ।

समितिका सदस्य समेत रहेका डा. विश्व पौडेलले राजीनामा दिएपछि अर्थविद् डा. पोषराज पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले भने “सिफारिस समितिले प्रस्ताव गर्नासाथ सरकारले निर्णय गरिहाल्छ ।”

त्यसअघि गृहजिल्ला लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापन कार्यक्रममा एमाले उपमहासचिव समेत रहेका उनले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको टिप्पणी गरे ।
उनले सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको बताए । ‘सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिएका छन् । हुने नहुने बोलेका छन्, अहिले हामी बोल्न पनि हुन्न । एकदम ग्रान्डडिजाइन छ । यहाँ हतास मानसिकताले काम गरिरहेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit