Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

गोलबजार नगरपालिकाले ल्यायो ७५ करोड ५६ लाखको बजेट

गोलबजार नगरपालिकाले ल्यायो ७५ करोड ५६ लाखको बजेट
विज्ञापन
Advertisement

सिरहा । गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न १५औँ नगर सभामा नगर उपप्रमुख मानती कुमारी साहले बजेट प्रस्तुत गरेकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रस्तुत बजेटअनुसार चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार रुपैयाँ र पुँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात रकमलगायत विभिन्न स्रोत परिचालन गरिने जनाइएको छ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले नगर सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताए। यी क्षेत्रको विकासलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तय गरिएको उनको भनाइ थियो

जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलीप लामाले गोलबजारमा २४ घण्टा सेवा उपलब्ध गराउने सरकारी अस्पतालको आवश्यकता औँल्याउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे।

नगर सभामा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र शुद्ध खानेपानीको दिगो व्यवस्थापनमा विशेष जोड दिएका थिए। उनीहरूले विकास निर्माणका योजनालाई दिगो, प्रभावकारी र जनमुखी बनाउन नगरपालिकाले थप ध्यान दिनुपर्ने धारणा राखेका थिए।

नगरप्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर सभामा प्रमुख प्रशासकीय अधिकृत रूपनारायण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा नं। ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता सञ्जित लामाले गरेका थिए।राहुल राय

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit