Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

लगातार ओरालो लागेको सेयर बजारमा आठ अर्ब ५० करोडको कारोबार

लगातार ओरालो लागेको सेयर बजारमा आठ अर्ब ५० करोडको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो समय सेयर बजारमा घट्दो कारोबारले आज पनि निरन्तरता पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६०८.०७ विन्दुमा बन्द भएको छ । अघिल्लो साता लगातार पाँच कारोबार दिन समेत नेप्से घटेको थियो ।

आज नेप्सेमा कुल ८ अर्ब बढीको कारोबार भएको छ । ३०९ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँ बढीको खरिद–बिक्री भएको हो ।

आज १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्यमा गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबार भएका मध्ये सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ७० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद –बिक्री भएको छ ।

यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर रहँदा आज ओम मोगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन १.११ प्रतिशत, माइक्रोफाइनान्स ०.२७ र ‘अन्य’ समूहको परिसूचक ४.१९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit