Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

दुई महिनामा चीनबाट सात अर्ब ३६ करोडको मालवस्तु आयात

दुई महिनामा चीनबाट सात अर्ब ३६ करोडको मालवस्तु आयात
मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाकामा रोकिएका कन्टेनर । गत सोमबार परेको भारी हिमपातपछि सडक पूर्ण रूपमा नखुल्दा अहिले चीनबाट ल्याइएका सामान बोकेका कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्बिर : सुशीलबाबु थकाली / रासस
विज्ञापन
Advertisement

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ ।रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल-चीन) लोमान्थाङ-२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागले यहाँको कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरेलगत्तै पूर्ण रुपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो। नेपाल—चीन कोरलानाकाबाट मङ्सिर मसान्तसम्ममा सात अर्ब ३६ करोड बढीको मालवस्तु आयात भएको छ । जसमा सयौँ विद्युतीय सवारीसाधनका साथै इलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरु कोरलानाकाबाट भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।

यसैगरी कोरलानाकाबाट चीनतर्फ आठ करोड ३८ लाख ६३ हजार बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँचपास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ। मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडको समान आयात र आठ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा गरेको छ । जुबाट तीन अर्ब ६२ करोड ६९ लाख बढी बढी राजस्व सङ्कलन गरेको भन्सार प्रमुख खड्काले बताए ।

यहाँको भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मङ्सिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ। यसैगरी उत्तरी कोरलानाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका ८९७ वटा मालवाहक ढुवानीका साधनहरु भन्सार जाँचपास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ। नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरु निकासी भएको कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit