Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

कालीमाटीमा हरियाे तरकारीकाे मूल्य कति ?

कालीमाटीमा  हरियाे तरकारीकाे मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ का लागि विभिन्न तरकारी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक उपभोग्य तरकारी, सागसब्जी, मसला, माछा र फलफूलको थोक मूल्य निर्धारण गर्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार, आज गोलभेँडामा फरक(फरक किसिम र मुलुकअनुसार मूल्य निर्धारण गरिएको छ। नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ७० रुपैयाँ, जबकि टनेलमा उत्पादन भएको सानो गोलभेँडा ६० रुपैयाँ र स्थानीय सानो गोलभेँडा ५० रुपैयाँमा तोकिएको छ।

त्यसैगरी, आलु रातो नेपाली ४० रुपैयाँ र भारतीय ३८ रुपैयाँमा उपलब्ध छ। भारतीय सुक्खा प्याज ३८ रुपैयाँमा, स्थानीय गाजर ५० रुपैयाँ र तराई गाजर ३० रुपैयाँमा रहेको छ। स्थानीय बन्दा १५, काउली ४०, रातो मूला ३५, सेतो मूला २० देखि ३० रुपैयाँसम्म रहेको छ।

अन्य सब्जीहरूमध्ये भन्टा, बोडी, मटरकोसा, घिउ सिमी, राजमा, भटमास, करेला, लौका, परबर, चिचिण्डो, घिरौंला, झिगुनी, फर्सी, भिण्डी लगायतको मूल्य प्रतिकिलो २० देखि १०० रुपैयाँसम्म निर्धारण गरिएको छ।

सागसब्जीको मूल्यमा पनि विविधता देखिएको छ। पालुङ्गो, रायो, चमसुर, तोरी, मेथी, प्याज हरियो, कुरिलो, निगुरो, च्याउ लगायत सागपात ५० देखि ६०० रुपैयाँसम्ममा छन्। कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ ३००, सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ।

फलफूलमा झोले स्याउ २५०, फूजी स्याउ ३२०, केरा १६० ९दर्जन०, कागती २५०, अनार ३५०, अङ्गुर हरियो २००, कालो ३५०, तरबुजा ५०, जुनार तथा मौसम २००, किबी ४६० र आभोकाडो ५८० रुपैयाँमा निर्धारण गरिएको छ।

मसला र अन्य वस्तुहरूमध्ये अदुवा १२०, लसुन नेपाली २००, चाइनिज ३००, खुर्सानी ९सुक्खा० ४२०, हरियो खुर्सानी २५ देखि ७० रुपैयाँसम्म, अकबरे खुर्सानी ३५०, धनिया ५०, छ्यापी हरियो १५०, सुक्खा २०० रुपैयाँमा उपलब्ध छ।

त्यस्तै, ताजा माछामध्ये रहू ३२०, बचुवा २६० र छडी २४० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने बताइएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यो मूल्य प्रतिवेदन काठमाडौं उपत्यकाको सन्दर्भमा तयार पारेको हो। दैनिक कारोबार, आयात(निर्यात र मौसमी आपूर्तिको आधारमा मूल्यमा उतारचढाव हुने गर्दछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit