Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महालक्ष्मी बैंकद्वारा डिजिटल भुक्तानी सेवामा विस्तार, ‘स्क्यान टु क्यास’ सेवा सुरु

महालक्ष्मी बैंकद्वारा डिजिटल भुक्तानी सेवामा विस्तार, ‘स्क्यान टु क्यास’ सेवा सुरु
विज्ञापन
Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम ‘अन्तर बैंक स्क्यान टु क्यास’ सेवाको सुरुवात गरेको छ । महालक्ष्मी नेपालमा उक्त सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सेवा सुरु गरिएको जनाइएको छ ।

यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ उल्लेख छ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्कमार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत दिँदै आएको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् ।

बैंकले सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम हालै मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit