Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै सोधे– ठूलो माछा को हो ?

विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै सोधे– ठूलो माछा को हो ?
विज्ञापन
Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

अध्यागमन विभागसँगको मिलेमतोमा भिजिट भिसा प्रकरणमा संगठित मानव तस्करको गिरोहसँग मिलेर गृहमन्त्रीकै सचिवालयका व्यक्तिले लाखौं रकम विदेशिने युवासँग असुल गरेको तत्थ्य उल्लेख गर्दै मन्त्रीमाथि पनि प्रश्न उठेकोले राजीनामा दिनुपर्ने माग विपक्षीले गरेका छन् ।

सभामुख देवराज घिमिरेले ‘बैठकको आजको कारबाही प्रारम्भ हुन्छ ’भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर सदन अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

प्रतिपक्षको तर्फबाट बोल्दै माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले भने, ‘हामी प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षको तर्फबाट यो सन्दर्भमा गृहमन्त्रीजिले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख रहेका छन्, उहाँको सचिवालय यो प्रकरणमा तानिएको छ,जोडिएको छ । अख्तियारले स्टिङ अप्रेसन गरेर छापा मारेको छ । त्यसपछि पक्राउ परेको व्यक्ति सामान्य मान्छो हो, अरु छन् भनेर दुई दिनपछि छोडिएको छ । यहाँ ठूलो माछा को हो ? भनेर स्वयं अख्तियारले नै भनिराखेको छ ।’

पुनले उक्त प्रकरणमा सीआईबीलगायत अनुसन्धान गर्ने सबै निकाय गृहको मातहतमा रहेको उल्लेख गर्दै उनले गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरे । पुनले भने, ‘गृह मन्त्रीकै मातहतमा रहेकोले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्दिनुुस् हाम्रो विनम्म्र अनुरोध छ ।’

संगठित गिरोहसँग मिलेर गरिएको मानव तस्करीजस्तो संवेदनशील विषयमा निष्पक्ष छानबिन हुनुपर्ने भन्दै पुनले आफूहरुले गृहमन्त्रीलाई तत्कालै आरोप लगाइनहाल्ने बताए । तर, उनले अनुसन्धानमा सघाउन सहयोग गर्नुपर्ने भन्दै राजीनामा दिन आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit