Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संसदमा आक्रोसित प्रतिपक्षः रास्वपाले भन्यो गृहमन्त्रीले राजीनामा दिएर मात्र हुँदैन, उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ

संसदमा आक्रोसित प्रतिपक्षः रास्वपाले भन्यो गृहमन्त्रीले राजीनामा दिएर मात्र हुँदैन, उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामासहित उच्चस्तरीय छानविन आयोग गठनको माग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबारको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राख्दै छानबिन आयोग गठन गर्न माग गरे । उनले रास्वपाका सभापछि गृहमन्त्री हुँदा प्रतिपक्षबाट लेखकले गरेको टिप्पणीलाई स्मरण गर्दै भने, ‘यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो राज्यकै कुनै निकायले अनुसन्धान गर्नुपर्यो भने त्यस्ता माननीय मन्त्री पदमा रहनुहुन्न । त्यरकाण उहाँले राजीनामा दिनुपर्छ । यी शब्द मेरा होइनन् । यही सदनमा प्रतिपक्षी दलको नेताको हैसियतले वर्तमान गृहमन्त्री गृहमन्त्रीले व्यक्त गर्नुभएको नैतिकताको मापदण्ड हो।’ उनले थप भने, ‘आज यहाँ उहाँले कोर्नुभएको नैतिकताको लक्ष्मणरेखा नैतिकताको धरातल गम्भीर प्रश्न खडा भएको छ। त्यतिबेला प्रतिपादन गरेको सिद्धान्त आज उहाँलाई लागू हुँदैन?’

आयोग नबनेसम्म संसद चल्न नदिने अडान रास्वपाको छ ।  खनालले भने, ‘संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्नेगरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन । ’

यस्तै खनालले बाहिर समाचारहरुमा आएको तथ्यांकलाई उल्लेख गर्दै पछिल्लो ८ महिनमा ४ अर्ब रुपैयाँ विदेशीने नागरिकसँग लुट भएको बताए । यसमा राजनीतिक संरक्षण विना सम्भव नभएको भन्दै उनले गृहमन्त्री को सचिलयका सबै कर्मचारीको अनुसन्धान हुनुपर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit