Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

मन्त्रिपरिषद् बैठक बस्दै, धिताेपत्र बाेर्ड अध्यक्ष नियुक्तकाे सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, धिताेपत्र बाेर्ड अध्यक्ष नियुक्तकाे सम्भावना
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठक सोमबार दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ ।

आज बस्ने बैठकबाट विभिन्न महत्वपूर्ण तथा नीतिगत निर्णयहरू गरिने बुझिएको छ।

विशेषगरी, बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त गर्ने सम्भावना उच्च रहेको छ। सेबोन अध्यक्ष नियुक्तिका लागि गठित समितिले विनयदेव आचार्य, डा. गोपाल भट्ट र मुकुन्दकुमार क्षेत्रीको नाम सिफारिस गरेको थियो। राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य संयोजक रहेको समितिले गत शुक्रबार ४७ जनाबाट सर्ट लिस्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिएर उक्त तीन जनाको नाम सेबोन अध्यक्षका लागि सिफारिस गरिसकेको छ। बोर्ड एक महिनादेखि नेतृत्वविहीन रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit