images images images
images images images
images
images
images

सुरक्षाकर्मी र शिक्षक कर्मचारीका लागि सरकारले सुलभ आवास कार्यक्रमद्वारा १ लाख अपार्टमेन्ट बनाइदिने

images

काठमाडौं । सरकारले ‘सुलभ आवास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कर्मचारी सञ्चय कोषलगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घोषणा गरे ।

आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट भाषणमा पौडेलले भने, ‘कर्मचारी सञ्चय कोषलगायत अवकाश कोषको अग्रसरता र निजी क्षेत्रको सहभागीतामा ‘सुलभ आवास कार्यक्रम’ सञ्चालन गरिने छ । यस अन्र्तगत सातै प्रदेशका प्रमुख शहरी केन्द्रमा १ लाख भवन तथा अपार्टमेन्ट निर्माण गरिने छ ।’

images
images

उक्त आवास योजनामा निजामती सुरक्षाकर्मी तथा शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण व्याजदर र किस्ता बन्दिमा उपलब्ध गराउने व्यवस्था मिलाए अर्थमन्त्री पौडेलले बताए । यस्तै, उनले सरकारले निजामती अस्पतालको स्तरोन्नति गर्ने उल्लेख गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्