Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेसनल प्याब्सनद्वारा ३ सय बढी शिक्षकलाई तालिम प्रदान

नेसनल प्याब्सनद्वारा ३ सय बढी शिक्षकलाई तालिम प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा टेक्सास कलेज, मित्रनगरमा पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौंका ४० विद्यालयबाट ३२७ जना शिक्षिकाहरूको सहभागिता जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमम नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभा पूर्व सदस्य गीता क्षेत्री राणा, नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिव प्रताप बहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोक कुमार दाहाल, जिल्ला तथा नगर समिति पदाधिकारीहरूसहित विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो।

तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको आयोजकले जनाएको छ । जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष अधिकारीले गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit