काठमाडौं । जेरोना डर्मा ब्रान्डले छालाको सुरक्षालाई मध्यनजर गर्दै तयार पारेको विभिन्न १० प्रकारका उत्पादन आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ । जेरोनाले छालाको सुरक्षाको लागि उच्चस्तरीय प्रविधिको प्रयोग गरि यी सामग्री तयार पारेको जनाएको छ।
कम्पनीले बजारमा ल्याएका उत्पादनमा सनसेड नामको सनस्क्रिन, एचवाई सीरम नामको हायलोरोनिक सेरम, हाइड्रा नामक मोइस्चराइजीङ लोसन, वाश सी नामको भिटामिन सी फेस वाश तथा ईभ ग्रुम नामको नाइट क्रिम रहेका छन् । त्यस्तै सनशेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल, सेरोमिन सी नामको भिटामिन सी फेस सेरम, हाइड्रा सफ्ट नामको क्लिन्जर, वाश ग्लो नामको ग्लोईङ फेसवास, र ग्रुम नामको डे क्रिम रहेका छन् ।
कम्पनीले सनसेड नामको सनस्क्रिन ६० ग्राममा, एचवाई सेरम नामको हायलोरोनिक सेरम ३० एमएलमा, हाइड्रा नामक मोइस्चराइजीङ लोसन १०० ग्राममा, वाश सी नामको भिटामिन सी फेस वाश ६० ग्राममा तथा ईभ ग्रुम नामको नाइट क्रिम ५० ग्राममा ल्याएको जनाएको छ। त्यस्तै सनशेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल ६० ग्राममा, सेरोमिन सी नामको भिटामिन सी फेस सेरम ३० एमएलमा, हाइड्रा सफ्ट नामको क्लिन्जर १०० एमएलमा, वाश ग्लो नामको ग्लोईङ फेसवास ६० ग्राममा, र ग्रुम नामको डे क्रिम ५० ग्राममा पाइने छ ।

कम्पनीका सञ्चालक दुर्गाराज श्रेष्ठका अनुसार जेरोना नेपाली कम्पनी भए पनि यी उत्पादनहरु भारतको गुजरातमा उच्च प्रविधिको प्रयोग गरि तयार पारिएको हो । यी उत्पादन छालाको सुरक्षाको लागि उत्तम हुने र अन्य उत्पादनको तुलनामा उत्कृष्ट हुने उनको भनाई छ । यी उत्पादनहरु नजिकका सौदर्यस्टोरहरु आजैदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्