काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा सहयोग पुर्याउने उद्देश्यले ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ। उक्त रकम प्रभावित बालबालिकाका लागि आवश्यक थेरापी तथा विशेष हेरचाह सेवामा खर्च गरिनेछ।
आईएमई लाइफ इन्स्योरेन्सका अनुसार न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकाले समयमै आवश्यक उपचार र थेरापी प्राप्त गर्न सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्नेछ। साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई पनि यस सहयोगबाट राहत पुग्ने अपेक्षा गरिएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवा प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सले को ‘भबिष्यमा बीमा’ मूल मन्त्रलाई आत्मसात गर्दै स्वाबस्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्