Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

धितोपत्र बोर्डले हरेक हिसाबले आफूलाई उम्दा संस्थाको रुपमा चिनाउन सक्नुपर्छ :  अर्थमन्त्री पौडेल

धितोपत्र बोर्डले हरेक हिसाबले आफूलाई उम्दा संस्थाको रुपमा चिनाउन सक्नुपर्छ  :  अर्थमन्त्री पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिचौलियाको फन्दामा नपरी धितोपत्र बोर्डले सबै हिसाबले उम्दा रुपमा काम गर्न सक्नुपर्ने बताएका छन् । उनले सबै लगानीकर्ता ढुक्क हुन सक्ने गरी बजारलाई पारदर्शी बनाउन जोड दिँदै पुँजी बजारमा नयाँ उपकरण ल्याउनुपर्ने धारणा राखे ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री पौडेलले बोर्डको नेतृत्वमा पछिल्लो समय लागेका विभिन्न आरोपहरु प्रति लक्षित गर्दै बिचौलियाको फन्दामा नपर्न बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई पहिलो सुझाव दिए । प्रभाव र दबाबमा पार्ने धेरै हुने भएकोले त्यसबाट माथि उठेर काम गर्न अर्थमन्त्रीको श्रेष्ठलाई सुझाव छ। अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट रहेको पुँजी बजारको नियामक सरह सेबोनले समेत आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा अर्थमन्त्रीको छ ।

अर्थमन्त्री पौडेलले भने, ‘बोर्ड नियामकिय निकाय भएकाले पनि संस्थालाई प्रभाव र दबाबमा पार्ने कोशिसहरु हुन सक्छन् कुनै पनि प्रभाव र दबाबबाट माथि उठेर नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको विश्वसनिय, प्रतिस्पर्धात्मक रुपमा विकास गर्नु महत्वपूर्ण हुन्छ । अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नेतृत्वको रहेको टिमले यही उद्देश्यको साथमा प्रभावकारी भूमिका निर्वाह गर्छ भन्ने विस्वास छ ।’

यस्तै उनले बोर्डको नेतृत्वलाई हात बाँधेर नबस्न आग्रह गर्दै धितोपत्र बोर्डको नियामकिय भूमिका बलियो बनाउन सक्नुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले बोर्डले काम गरेर देखाउन सक्नुपर्ने बताए । ‘वर्षहरु बित्दै जान्छन्, विगत ३३ वर्षमा यो संस्थाको भूमिका कमिकमजोरीहरु नियालेर यसको नियामकिय भूमिकालाई सशक्त बनाउनुका साथै नेपालको पुँजी बजारलाई अत्यन्तै विश्वसनिय र अत्यन्त विश्वसनिय पुँजीबजार कसरी बनाउने भन्ने विषयमा केन्द्रित भएर काम गर्नुहुने छ भन्ने आशा छ ।’

यसैगरी, अर्थमन्त्री पौडेलले ‘इन्साइडर ट्रेडिङ’ अर्थात् पुँजी बजारमा हुने विभिन्न टीका टिप्पणी, तथा अपारदर्शी काम रोक्न सक्नुपर्ने धारणा राख्दै तेस्रो सुझावका रुपमा विभिन्न नीतिगत प्रक्रिया अपनाएर बजारलाई पारदर्शी बनाउनुपर्ने बताए । उनले बोर्डका अध्यक्ष श्रेष्ठलाई बजारलाई पारदर्शी बनाउन कारवाही प्रक्रियामा पनि निर्मम हुन सुझाएका छन् ।

‘हामीले यसको भूमिकालाई उचाइमा पुर्याउन चाहेका छौं । नियमनको दुईवटा पाटो हुन्छ, राम्रो काम गर्नेलाई प्रोत्साहन दिने, राम्रो कामका निम्ति अनुकूल वातावरण निर्माण गर्ने हो, अर्को भनेको गल्ती गर्नेलाई नियन्त्रण गर्ने र आवश्यकता अनुसार दण्डित गर्नुपर्छ ।’ अर्थमत्री पौडेलले भने, ‘धितोपत्रको भूमिकालाई गुणात्मक रूपमा बढाउन खोजिएको छ, गल्ती गर्न दिनु हुँदैन ।’

यसैगरी, पुँजी बजारमा नयाँ उपकरण ल्याउनु पर्ने तथा लगानीकर्तालाले विस्वास गर्नसक्ने वातावरण बनाउन समेत अध्यक्ष श्रेष्ठलाई अर्थमन्त्रीको सुझाव छ । ‘सबै लगानीकर्ताले ढुक्क भएर काम गर्ने वातावरण बनाउनुपर्छ, पुँजी बजारमा नयाँ उपकरण ल्याउनुपर्छ,’ उनले भने ।

अर्थमन्त्री पौडेलले पुँजीबजारलाई अर्थतन्त्रको ऐना मानिने हुँदा बोर्डको भविष्य उज्वल हुनुपर्ने उल्लेख गर्दै सोही हिसाबले बजार व्यवस्थापन हुनुपर्ने धारणा राखे । उनले पुँजी बजारको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सक्ने बताएका छन् ।

आगामी दिनमा बोर्डको काम कारवाहीमा पारदर्शीता र सुशासन आउनुपर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका अर्थमन्त्री पौडेलले भने, ‘आउने दिनमा धितोपत्र बोर्ड, एउटा औपचारिक संस्थाको रुपमा होइन, भूमिका, काम, पारदर्शीता, सुशासन, निष्पक्षता र हरेका हिसाबले संस्थाले आफूलाई उम्दा संस्थाको रुपमा स्थापित गर्ने विस्वास लिएको छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit