Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

अब सामसङ टिभी र होम अप्लायन्स फाइनान्समा अझ सहज सुविधा

अब सामसङ टिभी र होम अप्लायन्स फाइनान्समा अझ सहज सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली उपभोक्ताहरूका लागि सामसङ नेपालले आफ्नो ‘इन्स्टा फाइनान्स’ सेवालाई अझ सहज बनाएको छ। अब ग्राहकहरूले टिभी मात्र होइन, सबै सामसङ होम अप्लायन्सहरू पनि केवल नागरिकता प्रमाणपत्रमार्फत किस्ताबन्दीमा खरिद गर्न सक्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

यसअघि टिभी खरिदका लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने होम अप्लायन्सका लागि थप कागजात आवश्यक थियो। अब यो प्रक्रिया सबै सामसङ होम अप्लायन्सहरूमा लागू गरिएको छ, जसअनुसार ग्राहकहरूले आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र तथा दुई र दुईवटा पासपोर्ट साइजको फोटो बुझाएर एक घण्टा भित्रै टिभी वा अन्य उपकरण घर लैजान सक्ने सुविधा पाउनेछन्।

यो सेवा २०८२ जेष्ठ १९ गतेबाट लागू भएको हो। स्कीम अनुसार ग्राहकहरूले कम्तिमा ३० प्रतिशत डाउनपेमेन्ट गरेर, बाँकी रकम १२ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजदरमा तिर्न सक्नेछन्। यो सुविधा ३० हजार वा सोभन्दा बढी मूल्य भएका सामसङ टिभी तथा होम अप्लायन्सहरूमा मात्र लागू हुनेछ।

सामसङको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा संचालन गरिएको हो। देशभर रहेका २०० भन्दा बढी अधिकृत सामसङ स्टोरहरू (हिम इलेक्ट्रोनिक्स प्रा.लि. र त्रिवेणी व्यापार प्रा.लि. द्वारा वितरित) मा यो सुविधा उपलब्ध छ।

सामसङ नेपालले भन्यो, ‘हामी ग्राहकहरूका लागि नविनतम प्रविधिलाई सजिलो पहुँचमा ल्याउने प्रयासमा निरन्तर छौं। अब नागरिकताको आधारमै सहज फाइनान्स सुविधा उपलब्ध गराएर हामीले त्यो प्रयासलाई अझ एक कदम अघि बढाएका छौं।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit