काठमाडौं । डीजीओ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित नेपाली फुटबल फ्यानहरुका लागि विशेष ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्।
अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्मलाई निरुत्साहित गर्दै फुटबल दर्शकलाई आधिकारिक माध्यमबाट फिफा विश्वकप २०२६ हेर्न प्रोत्साहन गर्ने उद्देश्यले लियोनल मेस्सीको ३९ औं जन्मदिनको अवसर पारेर यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत डीजीओ एपमार्फत ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक पुरस्कार जित्न सक्नेछन्। कम्पनीका अनुसार, विशेषगरी मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी अभियानको प्रमुख आकर्षणका रूपमा रहेको छ।
सिजन पास खरिदकर्ताले मेस्सीको हस्ताक्षरित जर्सीसँगै क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको जर्सी तथा नेइमारको हस्ताक्षरित ब्राजिलको जर्सी जित्न सक्नेछन्।
साथै, भियतनाम भ्रमण प्याकेज, ५५ इन्च स्मार्ट टिभी र मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको अवसर पनि प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।त्यस्तै मोबाइल पास खरिदकर्ताले भियतनाम भ्रमण प्याकेज, ५५ इन्च तथा ४३ इन्च स्मार्ट टिभी र स्मार्टफोन जित्न सक्नेछन्।
कम्पनीका अनुसार, अभियानमा सहभागी हुन ग्राहकले डीजीओ एप डाउनलोड गरी दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा डीजीओका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक खाताहरू फलो गर्नुपर्नेछ। यो अभियान असार ७ गतेदेखि साउन १ गते सम्म सञ्चालन हुनेछ। नेपालभित्र रहेका सक्रिय डीजीओ प्रयोगकर्ता मात्र सहभागी हुन पाउनेछन् ।
आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा उनीहरूका परिवारका सदस्यहरू भने अभियानमा सहभागी हुन नपाउने व्यवस्था गरिएको जनाइएको छ। विजेताको छनोट तथा प्रमाणीकरण डीजीओको आन्तरिक टोलीले गर्ने र प्राप्त पुरस्कार नगद वा अन्य सामग्रीसँग साट्न नपाइने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्